काठमाडौं । ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफका प्रभाव कायमै छ ।
शनिबार भएको विभागीय डर्बीमा एपीएफले आर्मीलाई ३-१ को सेटमा हरायो । पहिलो सेट २२-२५ गुमाएपनि २५-७, २५-१७ र २५-२१ को सेटमा एपीएफले जित निकालेको हो ।
आजै भएको खेलमा पुलिसले दाङ र पश्चिमाञ्चलले सेव स्कुललाई ३-० को सेटमा हरायो । पुलिसले दाङलई २५-१२, २५-१० र २५-९ को सेटमा पराजित गर्दा पश्चिमाञ्चलले सेवलाइ २५-९, २९-२७ र २५-८ को सेटमा जित निकाल्यो ।
जितसंगै शीर्ष स्थानको एपीएफले १३ खेलबाट ३९ अंक जोड्यो । समान खेलमा ३४ अंक जोडेको पुलिस दोस्रो स्थानमा छ ।