शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एमबाप्पेले खेल्नेमा अझै आशंका

शनिबार, असार १४, २०८२खेलपाटी संवाददाता
एमबाप्पेले खेल्नेमा अझै आशंका
Classic Tech Internet Ad

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर किलियन एमबाप्पे क्लब विश्वकपका समूह चरणका तीनवटै खेल गुमाएका छन्।

गत साता गम्भीर पेटको संक्रमण (ग्यास्ट्रोएन्टराइटिस) का कारण एमबाप्पे अस्पताल भर्ना भएका थिए र अहिलेसम्म एक मिनेट पनि मैदानमा देखिएका छैनन्। यद्यपि, उनी अभ्यासमा फर्किए छन्। तर, मुख्य जाबी आलोन्सोले भने उनले अर्को चरणमा खेल्ने हुन् या होइनन् भन्नेबारे अझै स्पष्ट जवाफ दिन सकेका छैनन्। 

बिहीबार आरबी साल्जबर्गविरुद्धको ३–० को जितमा उनी बेन्चमा समेत थिएनन्। आलोन्सो भन्छन्,‘म अत्याधिक आशावादी भएर केही भन्न चाहन्न। उनी हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण खेलाडी हुन्, विश्वकै उत्कृष्टमध्ये एक। हामी आशा गर्छौं उनी चाँडै फर्कने छन्।’

अमेरिकामा जारी क्लब विश्वकपमा एमबाप्पे प्रमुख आकर्षणमध्ये एक हुन्। तर, उनको अनुपस्थितिले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको यो प्रतियोगिता विश्वकै ठूलो खेलकुद आयोजनामध्ये एक बनाउने योजनालाई धक्का पुगेको छ।

इन्फान्टिनोले प्रतियोगिता सुरु हुनु अघिनै इन्टर मियामीलाई विशेष प्रवेश दिँदै लिओनल मेसीलाई ल्याएका थिए। त्यसका साथै उनले विशेष ट्रान्सफर विन्डोमार्फत क्रिस्टियानो रोनाल्डोलाई समेत साइन गर्न क्लबहरूलाई प्रोत्साहन गरेका थिए।

तर, एमबाप्पे अहिले खेलको कारण होइन, बाहिरी विवादका कारण मात्र समाचारमा छन्। पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग एमबाप्पेको सम्बन्ध अहिले निकै तनावपूर्ण छ। उनले क्लबमाथि नैतिक उत्पीडनको आरोप लगाउँदै कानूनी प्रक्रिया अगाडि बढाएका छन्। 

एमबाप्पेले २०२३ मा आफ्नो सम्झौता थप नगर्ने निर्णय गरेपछि क्लबले उनलाई टोलीबाट अलग राखेको थियो। यही व्यवहारले उनले अपमानित महसुस गरेका हुन्।

त्यसका साथै एमबाप्पेले क्लबबाट ५५ मिलियन युरो (करिब ६१ मिलियन अमेरिकी डलर) तलब बक्यौता रहेको दाबी गरेका छन्। यी सबै विवादले रियलको क्लब विश्वकप जित्ने योजनामा असर पारेको छ। 

टिफेनी एण्ड कम्पनीले डिजाइन गरेको नयाँ गोल्डेन ट्रफी उठाउने सपना बोकेको रियलका लागि एमबाप्पे टिमका प्रमुख खेलाडी हुन्। गत सिजन एमबाप्पेले क्लबका लागि ५६ खेलमा ४३ गोल गरेका थिए।

रियलका अनुसार एमबाप्पे अझै विशेष उपचारमा छन् र अस्पतालबाट डिस्चार्ज भएयता दुई खेल गुमाइसकेका छन्। प्रशिक्षक आलोन्सोले अन्त्यमा भने,‘हामी उनलाई आवश्यक ठान्छौं। सक्दो चाँडो र पूर्ण फिट अवस्थामा फर्किएको हेर्न चाहन्छौं।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

Bajaj Pulsar Motorcycle Ad
एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?