अन्तिम १६ मा सिटी र अल–हिलाल भिड्ने
शुक्रबार, असार १३, २०८२खेलपाटी संवाददाता
-1750996232.webp&w=3840&q=75)
काठमाडौं। पचुकालाई २–० ले पराजित गर्दै साउदी क्लब अल–हिलालले क्लब विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
हिलालको जितमा सलेम अलदाउसारी र मार्कस लियोनार्डोले गोल गरे।
यो प्रतियोगिताको समूह चरण पार गर्न सफल एउटै गैर–युरोपेली र गैर–अमेरिकी टोली हिलाल हो। अब हिालले सोमबार अमेरिकाको फ्लोरिडामा इङ्लिस क्लब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछन्।














