काठमाडौं । विभागीय टिम एपीएफ क्लबले राजधानीमा जारी १४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगितामा जित निकालेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा शुक्रबार भएको खेलमा एपीएफले पश्चिमाञ्चललाई हराएको हो । एपीएफले पश्चिमाञ्चललाई २५–१५, २५–१८ र २५–११ को सेटमा हरायो ।
जितसंगै लिगमा एपीएफले शीर्ष स्थान यथावत राख्न सफल भएको छ । एपीएफले १२ खेलबाट ३६ अंक जोडेको छ । पश्चिमाञ्चलको १९ अंक छ ।
त्रिभुवन आर्मी क्लबले शुक्रबार दोहोरो जित निकालेको छ । आर्मीले नेपाल पुलिस क्लबलाई२५–२२, २१–२५, २५–१८, १५–२५ र १२–१५ को सेटमा हराएको छ ।
दोस्रो खेलमा आर्मीले श्री गाउँ दाङलाई २५–१२, २५–१९ र २५–११ को सेटमा हराएको छ । दोहोरो जित निकालेसंगै तेस्रो स्थानको आर्मीले २९ अंक जोडेको छ । दोस्रो स्थानको पुलिसले ३० अंक जोडेको छ ।
यस्तै सेबले दाङलाई २५–१८, २५–१५ र २५–११ को सेटमा हराएको छ । लिगमा सेबको १४ र दाङको ११ अंक छ ।