रियल लगातार चौथो वर्ष विश्वकै सबैभन्दा धनी क्लब

काठमाडौं। ला लिगा क्लब रियल मड्रिड लगातार चौथो वर्ष विश्वकै सबैभन्दा धनी फुटबल क्लब घोषित भएको छ। अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्टले उक्त घोषणा गरेको हो। क्लबको सम्पती ६.६ अर्ब अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ।
फोर्ब्सका अनुसार, रियलले सन् २०२३–२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गरेको थियो। योसँगै एकै सिजनमा एक अर्ब डलर आम्दानी गर्ने पहिलो फुटबल क्लब पनि बनेको छ। यसअघि यो उपलब्धि अमेरिकी एनएफएल टोली डालस काउबोय्सले मात्र हासिल गरेको थियो।
फोर्ब्सको सूचीमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ। युनाइटेडको सम्पती पनि ६.६ अर्ब डलर छ। यद्यपि, सन् २०२३–२४ सिजनमा युनाइटेडले ८३ करोड ४० लाख डलर आम्दानी गरे पनि प्रिमियर लिगमा आठौं स्थानमा चित्त बुझाउनु परेको थियो।
रियलको प्रतिद्वन्द्वी बार्सिलोना तेस्रो स्थानमा छ। बार्सिलोनाको सम्पती ५.६५ अर्ब डलर छ। चौथो र पाँचौँ स्थानमा लिभरपुल र म्यानचेस्टर सिटी छन्।
शीर्ष १० मध्ये ६ क्लब प्रिमियर लिगका छन्। आर्सनल, टोटनह्याम र चेल्सी पनि यो सूचीमा परेका छन्। बायर्न म्युनिख र पेरिस सेन्ट-जर्मेन (पिएसजी) नवौं र १०औं स्थानमा छन्।






-1763309767672.webp&w=3840&q=75)






