फेरि रोनाल्डोले जिते गोल्डेन बुट

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले फेरि आफ्नो उत्कृष्टता प्रमाणित गर्दै साउदी प्रो लिगमा लगातार दोस्रो पटक गोल्डेन बुट जितेका छन्।
अल–नासरका कप्तान रोनाल्डो सन् २०२४–२५ को सिजनमा २५ गोल गरेका हुन्। योसँगै उनी सिजनको सर्वाधिक गोलकर्ता बनेका छन्।
४० वर्ष पुगेका पोर्चुगिज स्टारले यो सिजन पनि लगातार उत्कृष्ट लय कायम राखे। अन्तिम खेलसम्म प्रतिस्पर्धा चलेको गोल्डेन बुटको दौडमा उनले अल–अहलीका इङ्लिस स्ट्राइकर इभान टोनीलाई पछि पारे।
टोनीले भने पहिलो सिजनमै २३ गोल गर्दै आफूलाई साउदी लिगका सबैभन्दा खतरनाक स्ट्राइकरमध्ये एकको रूपमा स्थापित गरेका छन्। तेस्रो स्थानमा समान २१ गोलसहित अल–इत्तिहादका करिम बेन्जिमा र अल–शबाबका अब्देरराजाक हम्दाल्ला रहे।
बेन्जिमाले चोट र क्लबभित्रका समस्याबीच पनि राम्रो प्रदर्शन कायम राखे। उता हम्दाल्लाले पुनरागमन सिजनको भरपुर फाइदा उठाउँदै आफूलाई पुनः शीर्ष गोलकर्तामध्ये एकमा उभ्याए।
सिजनका उत्कृष्ट अनुबन्धमध्ये एक मानिएका अल कद्सियाका कोलम्बियन स्ट्राइकर जुलियन किनोनेसले २० गोल गर्दै आफ्नो टोलीको सानदार सिजनमा ठूलो भूमिका खेले।
यसैगरी, अल हिलालका अलेक्जान्दर मिटरभोभिचले चोटका कारण केही खेल गुमाउँदा पनि १९ गोल गर्दै टोलीका लागि निर्णायक भूमिका खेले।






-1763309767672.webp&w=3840&q=75)






