काठमाडौं । ढोरपाटन महिला डबल लिग भलिबलमा विभागीय टिम एपीएफले आफ्नो अग्रतालाई कायमै राखेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटनको भलिबल कोर्टमा भएको खेलमा एपीएफले सेव स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ ।
बिहिबार भएको खेलमा एपीएफले सेव स्कुललाई २५–१२, २५–१५ र २५–२० को सेटमा पराजित गर्न सफल भयो । जितसंगै एपीएफले ११ खेलबाट ३३ अंक जोड्न सफल भएको छ ।
आजै भएको अर्को खेलमा विभागीय टिम पुलिसले पश्चिमाञ्चललाई २५–१८, २५–२१ र २५–८ को सोझो सेटमा हरायो । उसले ३० अंक जोड्न सफल भयो ।
अर्को खेलमा चितवनले सेव स्कुललाई २५–१५, २७–२५ र ३१–२९ को सेटमा हराउ“दा चितवन टाईगर्सले श्री गा“उलाई १९–२५, २६–२, २–१७ र १५–९ को जित निकाल्यो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार सेव र दाङ, पुलिस र आर्मी, पश्चिमाञ्चल र एपीएफ तथा आर्मी र दाङबीच प्रतिस्पर्धा हुनेछ ।