सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
शनिबार, जेठ ४, २०८२खेलपाटी संवाददाता
-1747503617.webp&w=3840&q=75)
काठमाडौं। क्रिस्टल प्यालेसले शनिबार म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै एफए कप जित्न सफल भएको छ।
प्यालेसले आफ्नो इतिहासमै पहिलो पटक एफए कप उपाधि उचालेको हो। यससँगै लामो समयदेखि दबदबा जमाउँदै आएको सिटी यस सिजन खाली हात फर्किएको छ।
वेम्बली स्टेडियममा भएको खेलमा इबेरेची एजेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। यो गोलले नै प्यालेसलाई क्लब इतिहासको पहिलो ठूलो उपाधि दिलायो।
यो खेललाई सन् २०१३ मा विगनले सिटीलाई हराएको र १९८८ मा विम्बल्डनले लिभरपुललाई हराएको ऐतिहासिक जितसँग तुलनायोग्य मानिएको छ।












-1763309767672.webp&w=3840&q=75)
