नेपालको खेलमा फेरि वर्षा बाधक
बिहिबार, जेठ २, २०८२खेलपाटी संवाददाता

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेलमा वर्षाका कारण बाधक बनेको छ।
थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा खेल चलिरहेको थियोे।
टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको छ।
















