दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
बिहिबार, जेठ २, २०८२खेलपाटी संवाददाता

काठमाडौं। दुई खेलअगाबै नयाँबस्ती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ।
नयाँबस्ती ११ खेलबाट पाँच अंकका साथ पुछारमा छ। अब बाँकी रहेका दुवै खेल जिते पनि नयाँबस्तीले ११ अंक पुर्याउने छ।
नयाँबस्ती भन्दा दुई स्थान माथि रहेको मध्यपुर युथ क्लबले समान खेलबाट १२ अंक जोडेको छ। लिगबाट पुछारका दुई टोली घटुवा हुने प्रावधान छ।










-1763385934768.jpeg&w=3840&q=75)


