नेपालले विश्वकप छनोटमा पहिलो खेल हङकङसँग खेल्ने
सोमबार, बैशाख २२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आइसिसी महिला विश्वकप एसिया छनोट पहिलो खेल हङकङसँग खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यानका अनुसार) यी दुईबीचको खेल १० मे मा हुने तय भएको हो। प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा हुनेछ। प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।
यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह सी मा छ। यो समूहमा हङकङ र बहराइन छन्। नेपालले पहिलो खेल हङकङसँग ९ मेमा खेल्नेछ।
यस्तै, १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुन: खेल्नेछ। १५ मेमा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिगचरण सक्काउने छ। हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन्।
















