सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

आसामसँग कोशीको लज्जास्पद हार

बुधबार, बैशाख १७, २०८२खेलपाटी संवाददाता
आसामसँग कोशीको लज्जास्पद हार
Classic Tech Internet Ad

विराटनगर। भारतको आसाम क्रिकेट क्लबले एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता बुधबार कोशी प्रदेशलाई पराजित गरेको छ।

बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशीलाई ९७ रनको ठूलो अन्तरले पराजित गरेको हो। २१० रनको लक्ष्य पछ्याएको कोशीले ३७. २ ओभरमा ११२ रनमा सबै विकेट गुमायो। कमजोर ब्याटिङ गरेको कोशीको लागि आइस भट्टराई र बिपिन महतोले सर्वाधिक १५ रन योगदान दिए।

चिराग शाहले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आसामको बलिङतर्फ तापनकुमार शर्मा र गोकुल शर्माले समान तीन विकेट लिए। राज विश्वले दुई तथा चिरन्तन खत्तिनियर र अमित सिन्हाले समान एक विकेट लिए। 

यसअघि टस जितेर ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले ४७.३ ओभरमा २०९ रनमा सबै विकेट गुमाएको थियो। 

आसामको ब्याटिङमा कप्तान गोकुल शर्माले सर्वाधिक ७८ रन योगदान दिए जुन क्रममा उनले ९९ बलमा सात चौका र दुई छक्का प्रहार गरे। 
अरुण सोनारले ५१ रन बनाए जुन क्रममा ७६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। राज विश्वले २४, केभिन संजिवले १५ तथा अमित सिन्हाले १२ रन बनाए। ३३ रनमा तीन विकेट गुमाएको अवस्थाबाट चौथो विकेटको लागि गोकुल र अरुणले शतकीय साझेदारी गर्दै १०६ रन जोडे। 

कोशी प्रदेशको बलिंगमा देब्रे हाते स्पिनर प्रेम कामतले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा तीन मेडन गर्दै चार विकेट लिए। बिपिन कुमार महतो र भुपाल लुइँटेलले समान दुई विकेट लिए। फिर्दोश अन्सारी र प्रकाश कार्कीले समान एक विकेट लिए।

अलराउन्ड प्रदर्शन गरेका आसामका गोकुल शर्मा प्लेयर अफ द म्याच घोषित भए।  

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

Bajaj Pulsar Motorcycle Ad
नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती