काठमाडौं। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्लीलाई १४ रनले पराजित गरेको हो।
योसँगै कोलकाताले १० खेलबाट नौ अंक पुर्याएको छ। यसअघि रोयल्स च्यालेन्जर्स बैंग्लुरुसँग हार बेहोरेको दिल्ली भने समान खेलबाट १२ अंकसहित चौथो स्थानमा छ।
कोलकाताले दिएको २०५ रनको लक्ष्य पछ्याएको दिल्लीले नौ विकेट गुमाउँदै १९० रन मात्रै बनाउन सक्यो।
दिल्लीका फाफ डुप्लेसिसले सर्वाधिक ६२ रन बनाए। ४५ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे। कप्तान अक्षर पटेलले ४३, विपराज निगमले ३८ र करुण नायरले १५ रनको योगदान दिए।