काठमाडौं । ढोरपाटन महिला डबल लिग भलिबलमा एपीएफले जित निकाल्न सफल भएको छ । विभागीय डर्बीमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्न सफल भएको छ । काठमाडौंको नयाँ बसपार्कस्थित भलिबल कोर्टमा भएको खेलमा एपीएफ २५–१९, २५–१२ र २५–१८ ले विजयी बन्यो ।
आईतबारनै भएको खेलमा पुलिसले दोहारो जित निकाल्न सफल भयो । पुलिसले पश्चिमाञ्च र चितवन टाईगर्सलाई हराउन सफल भयो ।
पश्चिमाञ्चललाई २४–२६, २५–१२, २५–२० र २५–१२ ले हराएको पुलिसले चितवनलाई २५–१०, २५–१२ र २५–१८ को सेटमा पराजित गर्न सफल भयो ।
जितसंगै पुलिसले २१ अंक जोड्यो । दोस्रो स्थानको एपीएफको १८ अंक रह्यो । आर्मी १५ अंक सहित तेस्रो स्थानमा रहदाँ चौथो स्थानको सेब स्कुलको ११ अंक छ ।
अर्को खेलमा चितवनले ढोरपाटनलाई २५–१५, २५–७ र २५–१२ को सेटमा स्तब्ध बनायो ।
प्रतियोगिता अन्तर्गत भोली श्री गाउँ र चितवन, पश्चिमाञ्चल र आर्मी, एपीएफ र पुलिस तथा पश्चिमाञ्चल र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको विजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । यस्तै चौथौ हुनेलाई ६० हजार, पाचौँ हुनेलाई ४० हजार, छैठौं हुनेलाई ३० हजार र सातौं हुने टिमलाई २० हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशी बढाईएको हो ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले सुजिकी स्कुटर पाउनेछन् । उकृष्ट खेलाडी, उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै एक दर्शकले समेत स्कुटर पाउनेछन् ।
व्यक्तिगत विधातर्फ बेष्ट स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट प्रशिक्षकले जनही ६ हजारका दरले पुरस्कार पाउने छन् ।