काठमाडौं। मिकेल मेरिनोको दुई गोलसँगै आर्सनलले इङ्लिस प्रिमियर लिगमा शनिबार लेस्टर सिटीलाई पराजित गरेको छ।
किङ्स पावर रंगशलामा सम्पन्न खेलमा आर्सनल २-० ले विजयी भएको हो।
योसँगै दोस्रो स्थानमा रहेको आर्सनलले २५ खेलबाट ५३ अंक पुर्याएको छ। पराजित लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ ।
विंगर मेरिनोले खेलको ८१ र ८७औं मिनेटमा गोल गरेका थिए ।