काठमाडौं। ओमर मार्मुसको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडमाथि सानदार जित निकालेको छ।
शनिबार राति सम्पन्न खेलमा सिटीले न्युकासललाई ४–० ले हराएको हो। जितसँगै सिटीले २५ खेलबाट ४४ अंक पुर्याएको छ। पराजित न्युकासलको ४१ अंक छ।
सिटीको जितमा केही साताअघि मात्र अनुबन्ध भएका इजिप्टियन खेलाडी मार्मुसले ह्याट्रिक गरे।
उनले १९औं, २४औं र ३३औं मिनेटमा गोल गरेका हुन्। ८४औं मिनेटमा जेम्स मेकाटीले गोल गर्दै सिटीलाई ४–० को एकपक्षीय जित दिलाए।