काठमाडौं। मिडफिल्डर एरिक विष्टले बुटवल लुम्बिनी एफसीबाटै नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण खेल्ने भएका छन्।
क्लबले उनलाई अगामी संस्करणका लागि शनिबार ‘रिटेन’ गरेको हो। अघिल्लो संस्करणमा उनी बुटवलको मार्की खेलाडी थिए।
उनको कप्तानीमा बुटवलले आठ खेलमा तीन जित, एक बराबरी र चार हारको नितजासहित १० अंक जोडेको थियो। तर, छैटौं स्थानमा रहेर लिग सक्काएको बुटवल प्लेअफमा पुग्न भने असफल भयो।
यसपल्ट बुटवलले मार्की भने विंगर मनिष डाँगीलाई रहने भएका छन्।