सोमबार मात्रै नेपाल आइपुग्ने छिन् ‘साम्बा’

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ सोमबार मात्रै स्वदेश आइपुग्ने भएकी छन्।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबारदेखि इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप सुरुआत गर्दै छ। उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ।
तर, साम्बाले उक्त खेल गुमाउने सम्भावना प्रबल रहेको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए। ‘साम्बा अलिक ढिला गरेर आउने छ। त्यसैले उसले पहिलो खेल खेल्न सक्दैन होला,’ उनले भने।
नेपाली राष्ट्रिय महिला टोलीको जर्सीबाट सर्वाधिक ५५ गोल गरिसकेकी साम्बा पछिल्लो समय फ्रान्समा व्यवसायीक फुटबल खेलिरहेकी छन्। उनी शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पमा आबद्ध छिन्। तर, उनको टोलीले लिगमा राम्रो प्रदर्शन गर्न सकेको छैन।
लिगको १४ खेल सकिँदा उनको टोली एक जितसहित तीन अंक जोड्दै पुछारमा छ। साम्बाले १४ मध्ये ६ खेलमा सुरुआती ११ मा स्थान बनाएकी थिइन्। बाँकीमा भने उनी वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै आएकी छन्। उनले क्लबबाट एक गोल मात्रै गरेकी छन् ।
उनको टोलीले आइतबार लिगको शीर्ष स्थानमा रहेको लियोनसँग प्रतिस्पर्धा गर्दैछ। अपराजित रहेको लियोनले १४ खेलबाट ४० अंक पुर्याएको छ।








-1763772456514.webp&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)


