एक हप्तामै ब्राइटनसँग चेल्सी दोस्रोपल्ट पराजित
-1739585714.webp&w=3840&q=75)
काठमाडौं। ब्राइटनले एक हप्तामा चेल्सीलाई दोस्रोपल्ट पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा ब्राइटनले चेल्सीलाई ३–० ले हराउँदै लिग र कप दुबैमा जित दर्ता गरेको हो।
ब्राइटनले गत शनिबार एफए कपमा चेल्सीलाई २–१ ले पराजित गरेको थियो। तर, योपल्ट ब्राइटन अझ प्रभावशाली प्रदर्शन गर्दै प्रिमियर लिगमा पनि तीन अंक हासिल गर्न सफल रह्यो।
जापानी फरवार्ड काओरु मितोमाको उत्कृष्ट खेल र गाम्वियन विंगर यानकुबा मिन्टेहको दुई गोल ब्राइटनको जितको मुख्य आधार बन्यो। २७औं मिनेटमा गोलकिपर बार्ट वेरब्रुग्गेनको लामो पास मितोमाले सानदार रूपमा नियन्त्रणमा लिए। उनले डिफेन्डरलाई पार गर्दै सुन्दर फिनिसिङ गरे।
११ मिनेटपछि मितोमाले अर्को प्रभावशाली ड्रिबल गर्दै दोस्रो गोल थपे। ६२औं मिनेटमा मिन्टेहले ड्यानी वेलबेकसँग उत्कृष्ट समन्व्य गर्दै तेस्रो गोल गरे। ब्राइटनका गोलकिपर वेरब्रुग्गेन ले भने, ‘तीन गोल, क्लिन सिट, यसभन्दा राम्रो के नै हुन सक्छ?’
ब्राइटनले लिगमा पछिल्लो नोभेम्बर ९ यता पहिलो घरेलु जित निकालेको हो। फेब्रुअरी १ मा नटिङ्घम फरेस्टसँग ७–० को लज्जास्पद हार बेहोरेका थिए। त्यपछि यो जित महत्त्वपूर्ण सावित भयो।
ब्राइटनका फरवार्ड ड्यानी वेलबेकले भने, ‘नटिङ्घम फरेस्टविरुद्धको हार हाम्रो लागि ठूलो झड्का थियो। हामीले प्रशिक्षकसँग र आपसमा छलफल गर्नुपर्यो। त्यसलाई टालटुल गर्न सकिँदैन थियो, हामीले त्यो पराजयको पीडा सम्झेर खेल्नुपर्थ्यो।’
ब्राइटन अब लिगको आठौं स्थानमा उक्लिएको छ, भने चेल्सी शीर्ष चारमा रहन संघर्ष गरिरहेको छ।








-1763772456514.webp&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)


