मच्छिन्द्रकाे जितमा राहुलको निर्णायक गाेल
बिहिबार, फागुन १, २०८१खेलपाटी संवाददाता

काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध कठिन जित हात पारेकाे छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मच्छिन्द्र १–० ले विजयी भएकाे हाे। याेसँगै मच्छिन्द्रको १३ खेलबाट २० अंक छ। पराजित पुलिसको १३ खेलबाट १८ अंक छ।
मच्छिन्द्रकाे जितमा राहुलकुमार योञ्जनले गरेको गाेल निर्णायक बन्यो। उनले १६औं मिनेटमा गोल गरेका थिए।








-1763772456514.webp&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)


