पथरी। पथरी रंगशालामा स्थायी पारापिटसहितको संरचना निर्माण कार्य थालिएको छ।
पथरीशनिश्चरे नगरपालिका १ स्थित जाँते मोडमा रहेको रंगशालामा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपसहितका फुटबल प्रतियोगिता हुँदै आएका छन्।
गत वर्ष सम्पन्न पथरी शनिश्चरे गोल्डकपमा अस्थायी बाँसको पारापिट निर्माण गरिएको थियो। पथरीशनिश्चरेले यस आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेसँगै निर्माण कार्य सुरुआत भएको हो।
नगरप्रमुख मोहनप्रसाद तुम्बापोले बिहीबार सर्वपक्षीय भेलामा वातावरण मूल्यांकन पछि पाराफिटको निर्माण अघि बढ्ने कुरा उद्घोष गरे।
‘पारापिटको प्राविधिक स्टमेट सबै सकिएकाले निर्माणका लागी छिट्टै ठेक्का खुलाइने छ। आउने साउनसम्ममा निर्माण सम्पन्न हुनेछ,’ उनले भने।
पारापिट निर्माण हुने भएपछि प्रतियोगिता हेर्न दर्शकलाई सहज हुने नगर खेलकुद विकाश समितिका संयोजक दीपक राईको भनाइ छ।