शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पिएसजीको जितमा फेरि नायक डेम्बेले

बुधबार, माघ ३०, २०८१खेलपाटी संवाददाता
पिएसजीको जितमा फेरि नायक डेम्बेले
Classic Tech Internet Ad

काठमाडौं। ओस्माने डेम्बेलेको उत्कृष्ट प्रदर्शनसहित पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मंगलबार ब्रेस्टविरुद्धको च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा ३–० को सानदार जित दर्ता गर्‍यो।

च्याम्पियन्स लिगको इतिहासमा दोस्रो पटक दुई फ्रेन्च टोलीहरू आमनेसामने भएका थिए। खेलमा ब्रेस्टले पनि केही अवसर सिर्जना गरे तापनि पीएसजीले आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्दै खेललाई एकतर्फी बनायो।

योसँगै पिएसजीले आफ्नो अपराजित यात्रा १० खेलमा पुर्‍याएको छ। उत्कृष्ट फर्ममा रहेका डेम्बेलेले यो अवधिमा १८ गोल गरिसकेका छन्।

खेलको २१औं मिनेटमा पिएर लिज–मेलोको ह्यान्डबलपछि पिएसजीले पेनाल्टी प्राप्त गरेको थियो। जसलाई भिटिन्हाले सहजै गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।

ब्रेस्ट खेलमा फर्किने अवसरनजिकै पुगेको थियो। तर, ३०औं मिनेटमा अब्दल्लाह सिमाको हेडर पोस्टमा लागेर बाहिरिइयो। पिएसजीले पहिलो हाफको अन्त्यतिर आफ्नो अग्रता दोब्बर बनायो। डेम्बेलेले दायाँ विंगबाट कट गर्दै सिधै बल जाली चुमाए। 

दोस्रो हाफको सुरुआतमै पिएसजीका डेजायर डोइले गोल गरेका थिए। तर, एक मिनेट लामो भिएआरजाँचपछि अफसाइड घोषित गर्दै गोल रद्द गरियो। ६६औं मिनेटमा लुज बलमा मौका बनाउँदै डेम्बेले नै पेनाल्टी क्षेत्रबाट गोल गरे। यो सिजन उनको २३औं गोल हो।

प्रतियोगिताको नयाँ स्वरूपअनुसारको लिग चरण पार गर्न पिएसजीले संघर्ष गरेको थियो। तर, अब दोस्रो लेगमा पेरिसमा ठूलो अप्रत्याशित नतिजा नआएसम्म पिएसजीलाई अर्को चरणमा पुग्न कुनै समस्या नहुने देखिन्छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

Bajaj Pulsar Motorcycle Ad
एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

पहिलो शतक, कर्णालीको पहिलो जित

पहिलो शतक, कर्णालीको पहिलो जित

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने