इलाम। सुक्रिया मियाँ नायक बन्दा कनकाई नगरपालिका, झापा १५औं संस्करणको ‘पवित्रहाङमा गोल्डकप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा ताप्लेजुङ फुटबल संघमाथि १–० को कठिन जित निकाल्दै कनकाई उपाधिनजिक पुगेको हो ।
कनकाईको जितमा खेलको प्लेयर अफ द म्याचसमेत घोषित भएकी सुक्रियाले ३३औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो। उनले तीन हजार ६९ रुपैयाँ हात पारिन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख १६९ रुपैयाँ र उपविजेताले दुई लाख १६९ रुपैयाँ प्राप्त गर्नेछन्।