काठमाडौं। युनान युथ फुटबल टिमविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली युवा टिम घोषणा गरिएको छ।
फागुन ३ गते यी दुई टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्ने छन्। सोही प्रतियोगिता खेल्न नेपाली युवा टिमका मुख्यप्रशिक्षक राजेश शाहीले मंगलबार २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना हुने यो खेल दिउँसो २:३० बजे हुनेछ।
नेपाली टोली
जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सीमन्त थापा, राम थापा, सविन घिमिरे, विशाल नेपाली, अश्विन घोरासैनी, विक्रम तामाङ, सरोज दर्लामी, लक्षु थापा, कृष्ण आले, ओम प्रकाश, सjlन लुङेली, आशिष राई, विक्रम गौतम, धर्मेन्द्र कुँवर, नीराजन धामी, सुजन मगर, नीरज कार्की, निरोज चौधरी, शिराब लो तामाङ र विज्ञान खड्का