रियल भर्सेस सिटी : ‘आधुनिक क्लासिको’

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले च्याम्पियन्स लिगको प्लेअफमा म्यानचेस्टर सिटीजस्तो बलियो प्रतिद्वन्द्वी पाउनु आफ्नो टोलीका लागि सबैभन्दा खराब परिस्थिति भएको बताएका छन्।
यो खेललाई उनले‘दुःस्वप्न’सरह भएको बताएका छन्। इतिहाद स्टेडियममा मंगलबार हुने खेलको लागि तयार हुँदै उनले रियल र सिटीबीचको भिड्न्तलाई युरोपको सबैभन्दा ठूलो महाद्वीपीय प्रतिस्पर्धाका रूपमा चित्रण गरे।
‘यो आधुनिक क्लासिकोजस्तै लाग्छ। किनभने हामी धेरै वर्षदेखि यो प्रतियोगितामा एकअर्काविरुद्ध खेल्दै आएका छौं,’ उनले भने। उपाधिको ‘हकदार’ठानिएका सिटी र रियलले आफ्नो राउन्ड अफ १६ मा सिधै पुग्न नसकेको दण्डस्वरूप प्लेअफ खेल्नुपर्ने भएको हो।
‘म यो खेल सधैंजस्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास गर्छु। खेलको नतिजा धेरै हदसम्म खेलाडीको मनोबल, व्यक्तिगत क्षमता र आत्मविश्वासमा निर्भर गर्दछ। यस्तो उच्चस्तरको खेलमा सबै पक्षबाट उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ,’ उनले भने।
रियल आफ्नो १५ पटकको कीर्तिमान कायम राख्दै च्याम्पियन्स लिगको फाइनलमा पुगे यो सिजन १३ को सट्टा १७ खेल खेल्नुपर्ने हुन्छ। गत वर्ष रियलले क्वार्टरफाइनलमा सिटीलाई पराजित गरेको थियो।
त्यसअघि २०२२ मा दुई रोमाञ्चक सेमिफाइनल खेलपछि रियलले उपाधि जितेको थियो। तर, २०२३ मा रियललाई हराउँदै सिटीले पहिलोपल्ट उपाधि जित्यो। ‘जो टोली जित्छ, उसले प्रतियोगितामा टाढासम्म यात्रा गर्ने राम्रो सम्भावना राख्छ। यो घटना अघिल्ला वर्षहरूमा पनि भएका छन्,’ एन्सेलोटीले भने।
सिटीलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नहेरेको पनि उनले बताए। यद्यपि, सिटी प्रिमियर लिगको पाँचौं स्थानमा छ र लिभरपुलभन्दा १५ अंकले पछि छ। रियल भने ला लिगको शीर्ष स्थानमा छ। यद्यपि, एन्सेलोटीले पेप ग्वार्डिओलालाई संसारकै उत्कृष्ट प्रशिक्षक भने।
‘ग्वार्डिओलाले फुटबलमा धेरै योगदान दिनुभएको छ। उहाँ एक आविष्कारक हुनुहुन्छ र उहाँप्रति मेरो ठूलो सम्मान छ। उहाँ संसारकै उत्कृष्ट प्रशिक्षकमध्ये एक हुनुहुन्छ। हरेक पटक उहाँविरुद्ध खेल्दा तयारी गर्नु दुःस्वप्नजस्तै हुन्छ। उहाँसँग सधैं नयाँ रणनीति हुन्छ, जसले गर्दा सोच्न बाध्य बनाउँछ,’ उनले भने।
एन्सेलोटीका अनुसार सिटी अझै पनि युरोपका उत्कृष्ट टोलीहरूमध्ये एक हो। ‘सिटीको प्रशिक्षक उत्कृष्ट हुनुहुन्छ। त्यसैले हाम्रो लागि सबैभन्दा कठिन प्रतिद्वन्द्वी सिटी हो,’ उनले भने।








-1763772456514.webp&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)


