काठमाडौं। ‘इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप’को तयारी पूरा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने च्याम्पियनसिपको तयारी पूरा भएको जानकारी दिएको हो।
फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत खेलिने यस प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ। सहभागी टोलीमध्ये किर्गिस्तान फेब्रुअरी १३ र अन्य दुई टोली फेब्रुअरी १४ मा काठमाडौं एन्फाले जानकारी दिएको छ।
सहभागी टोलीलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकाली खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ। नेपालमा पहिलोपटक चार राष्ट्रसम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता गर्न लागेको हो।
नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका छन्। प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा हुनेछ। शीर्ष दुई टोलीबीच फाइनल पुग्नेछन्।