काठमाडौं । ढोरपाटन डबल लिग महिला भलिबलमा पश्चिमाञ्चल विकास क्षेत्र र विभागीय टिम आर्मीले जित निकालेका छन् ।
शनिबार भएको खेलमा पश्चिमाञ्चलले ढोरपाटन र आर्मीले चितवन टाईगर्सलाई समान ३–० को सोझो सेटमा पराजित गर्यो ।
ढोरपाटनविरुद्व जित निकाल्ने क्रममा पश्चिमाञ्चल २५–१०, २५–११ र २५–९ को सेटमा विजयी बन्यो ।
आर्मीले चितवनलाई २५–२१, २५–१८ र २५–१३ को सेटमा हरायो ।
भोली (आईतबार) पुलिस र पश्चिमाञ्चाल, चीतवन र ढोरपाटन, एपीएफ र आर्मी तथा पुलिस र चीतवनबीच प्रतिस्पर्धा हुनेछ ।