काठमाडौं । ढोरपाटन महिला डबल लिग भलिबलमा विभागीय टिम पुलिसले शीर्ष स्थानको एपीएफसंग अंक बराबरी गर्न सफल भएको छ ।
शुक्रबार भएको खेलमा पुलिसले आयोजक ढोरपाटनलाई सोझो सेटमा हराउँदै शीर्ष स्थानको एपीएफसंग अंक बराबरी गरेको हो । सोझो सेटमा हराउने क्रममा पुलिसले ढोरपाटनलाई २५–८, २५–३ र २५–२ को सेटमा पराजित ग¥यो ।
पुलिसले ५ खेलबाट १५ अंक जोड्न सफल भएको छ । शीर्ष स्थानको एपीएफको समेत १५ अंक छ ।
आजै भएको अन्य खेलमा पश्चिमाञ्चलले थाहा नगरपालिकालाई सोझो सेटमा हरायो । पश्चिमाञ्चलले थाहा नगरलाई २५–३, २५–६ र २५–११ को सेटमा पराजित ग¥यो ।
यस्तै, सेव स्कुलले चितवन टाइगर्सलाई २५–२३, २५–२१ र २५–१४ को सेटमा र पश्चिमाञ्चलले श्री गाउँ दाङ २५–२४, २५–१४ र २५–१० को सेटमा पाखा लगायो । चितवन टाइगर्सले थाहा नगरपालिकालाई २५–१३, २५–११ र २५–१२ को सेटमा हरायो ।