काठमाडौं । एपीएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धन बहादुर भट्ट वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल भलिबल संघले शुक्रबार आयोजना गरेको एनभीए अवार्ड कार्यक्रम सरस्वती महिलातर्फ र धन पुरुषतर्फ उत्कृष्ट खेलाडी चुनिएका हुन् । उत्कृष्ट खेलाडी बनेसंगै सरस्वती र धनले समान २५/२५ हजार नगद पुरस्कार प्राप्त गरे ।
यस्तै महिलातर्फ आर्मीकी निरुता ठगुन्ना र पुरुषमा एपीएफका बिनोद बहादुर चन्द उदयमान खेलाडी घोषित भए । उनीहरुले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकको महिलामा एपीएफका ज्ञानेन्द्र बिष्ट, पुरुषमा आर्मीका कपिल किशोर श्रेष्ठ चुनिए । दुवैले जनही २५/२५ हजार नगद प्राप्त गरे ।
महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी उत्कृष्ट टिम घोषित भए । उत्कृष्ट टिम एपीएफ र आर्मीले समान १/१ लाख प्राप्त गर्यो ।
विजेता खेलाडीहरुलाई संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायतले पुरस्कृत गरे ।
कार्यक्रममा संघले भलिबललाई सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।