काठमाडौं । ढोरपाटन महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफले आफ्नो दबदबा कायमै राखेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित भलिबल मैदानमा बिहिबार भएको खेलमा एपीएफले दोहोरो जित निकालेको छ ।
लगातार जित निकाल्ने क्रममा एपीएफले आयोजक ढोरपाटन र चितवन टाईगर्सलाई समान ३–० को सोझो सेटमा पराजित गर्यो ।
ढोरपाटनलाई २५–२, २५–२३ र २६–२४ मा हराएको एपीएफले अर्को खेलमा चितवनलाई २५–७, २५–४ र २५–२० को सेटमा पराजित गर्यो ।
जितसंगै एपीएफले १५ अंक जोडेको छ ।
आजै भएको अन्य खेलमा पुलिसले थाहा नगरपालिकालाई २५–८, २५–१४ र २५–१८ को स्कोरले पराजित गर्यो । त्यस्तै, सेब स्कुलले पश्चिमाञ्चललाई २७–२५, २०–२५, १७–२५, २५–२२ र १५–८ को सेटमा हरायो ।
विभागीय डर्बीमा पुलिसले आर्मीलाई २५–१६, २५–२३ र २६–२४ को सोझो सेटमा पराजित गर्न सफल भयो ।