पाल्पा । विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो रामपुर महोत्सवको अवसरमा आयोजना भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
पाल्पाको रामपुरमा सोमबार भएको फाइनलमा स्यांग्जाको चापाकोट क्लबलाई ३-२ को सेटमा हराएर आर्मीले उपाधि जितेको हो । उपाधि जित्ने क्रममा आर्मीले चापाकोटलाई २५-१३, २५-१७, २३-२५, २५-२२ र १५-७ को सेटमा पाखा लगायो ।
उपाधिसंगै आर्मीले १ लाख ५० नगद पुरस्कार पाएको छ । उपविजेता बनेको चापाकोटले १ लाख प्राप्त गर्यो । तेस्रो भएको भारतको लखनउले ५० हजार प्राप्त गर्यो ।
प्रतियोगितामा डीबी भट्ट उत्कृष्ट खेलाडी चुनिए । यस्तै लक्ष्मण राना उत्कृष्ट स्पाइकर, इश्वर थापा उत्कृष्ट लिबेरो, मान बहादुर श्रेष्ठ उत्कृष्ट सर्भर, लोकेन्द्र गिरि उत्कृष्ट सेटर र ओमबिर उत्कृष्ट ब्लकर घोषित भए ।