काठमाडौं । रेडबुल ढोरपाटन सुजुकी महिला भलिबलमा दाङको श्री गाउँ खेलकुद बिकास समितिले दोहोरो जित निकालेको छ । आईतबार भएको खेलमा श्री गाउँले मकवानपुर र ढोरपाटन स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराएको हो ।
दिनको पहिलो खेलमा दाङले मकवानपुरलाई २५-४, २५-९ र २५-९ को सेटमा पराजित गर्यो ।
अर्को खेलमा सेब स्कुलले आयोजक ढोरपाटनलाई २५-१६, २५-२० र २५-२१ को सेटमा पराजित गर्यो ।
विभागीय टिम आर्मीले दोस्रो जित निकाल्ने क्रममा मकवानपुरको टिमलाई सोझो सेटमा पराजित गर्यो । उसले २५-७, २५-९ र २५-१२ को सेटमा हराएको हो ।
दिनको अन्तिम खेलमा दाङको टिमले ढोरपाटनलाई ३-० को सोझो सेटमा पराजित गर्यो । उनले २५-१०, २९-९ र २५-६ को जित निकाल्न सफल भयो ।
डबल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा आर्मी र दाङको टिमले समान ६ अंक जोडेका छन् । हिजो भएको खेलमा आर्मीले दाङलाई पराजित गरेको थियो ।
प्रतियोगितामा ९ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । यस्तै चौथौ हुनेलाई ६० हजार, पाचौँ हुनेलाई ४० हजार,छैठौं हुनेलाई ३० हजार र सातौं हुने टिमलाई २० हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशी बढाईएको हो ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले सुजिकी स्कुटर पाउनेछन् । उकृष्ट खेलाडी,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै एक दर्शकले समेत स्कुटर पाउनेछन् ।
व्यक्तिगत विधातर्फ बेष्ट स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट प्रशिक्षकले जनही ६ हजारका दरले पुरस्कार पाउने छन् ।