काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब र सेब स्कुलले १४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
ढोरपाटन स्पोर्ट्स क्लबको आयोजना शनिबार सुरु प्रतियोगितामा आर्मीले श्री गाँउ खेलकुद बिकास समिति दाङलाई ३ - ० को सोझो सेटमा हराएर विजयी सुरुवात गरेको हो । आर्मीले श्री गाउँलाई २५-१८,२५-८ र २५-१६ को सेटमा हरायो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा सेबले थाहा नगरपालिका मकवानपुरलाई २५-१७,२५-११ र २५-१५ को सेटमा हराएर बिजयी सुरुवात गरेको हो । यस्तै शनिबार भएको अन्तिम खेलमा थाहा नगरपालिका मकवानपुरले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–१६, २५–१२ र २७–२५ ले हराएको छ ।
प्रतियोगितामा ९ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । यस्तै चौथौ हुनेलाई ६० हजार, पाचौँ हुनेलाई ४० हजार,छैठौं हुनेलाई ३० हजार र सातौं हुने टिमलाई २० हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशी बढाईएको हो ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले सुजिकी स्कुटर पाउनेछन् । उकृष्ट खेलाडी,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै एक दर्शकले समेत स्कुटर पाउनेछन् ।
व्यक्तिगत विधातर्फ बेष्ट स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट प्रशिक्षकले जनही ६ हजारका दरले पुरस्कार पाउने छन् ।