काठमाडौं । १४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल च्याम्पियनसिपको तयारी पुरा भएको छ ।
आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबारबाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा ९ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसिपमा नेपाल एपीएफ क्लब, न्यु डायमन्ड एकेडमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, श्री गाउँ स्पोर्ट्स विकास कमिटि, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, सेब स्कुल र थाहा नगरपालिका मकवानपुरले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो खेलमा मकवानपुर र सब स्कुल तथा दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र श्री गाँउ खेलकुद बिकास समिति दाङबीच खेल हुनेछ ।
च्याम्पियनसिपको विजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । यस्तै चौथौ हुनेलाई ६० हजार, पाचौँ हुनेलाई ४० हजार,छैठौं हुनेलाई ३० हजार र सातौं हुने टिमलाई २० हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशी बढाईएको हो ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले सुजिकी स्कुटर पाउनेछन् । उकृष्ट खेलाडी,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै एक दर्शकले समेत स्कुटर पाउनेछन् ।
व्यक्तिगत विधातर्फ बेष्ट स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट प्रशिक्षकले जनही ६ हजारका दरले पुरस्कार पाउने छन् ।
च्याम्पियनसिप गोर्खा ब्रुअरीको रेडबुलको मुख्य प्रायोजन र भिजि अटोमोटिभ्स प्रालिको सुजुकी ब्रान्डको स्कुटी र बिजी मलको प्रायोजनमा हुनेछ ।