काठमाडौं । दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टिम पुलिस तेस्रो भएको छ ।
काठमाडौंको चन्द्रागिरीस्थित न्यु डायमण्डको घरेलु कोर्टमा भएको खेलमा पुलिसले पोखराको टप्स मा.बिलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पुलिसले टप्स मा.बिलाई २५–११, २५–१ र २५–१४ सेटमा पराजित गर्न सफल भयो ।
तेस्रो स्थानसंगै पुलिसले एक लाख रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।