काठमाडौं । दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज न्यु डायमण्ड एकेडेमी र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुदैछ ।
काठमाडौंको चन्द्रागिरीस्थित न्युडायमण्डको घरेलु कोर्टमा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पोखराको टप्स मा.बिलाई पराजित गर्दै न्यु डायमण्डले फाइनल यात्रा तय गरेको हो । न्यु डायमण्डले टप्सलाई ३–० को सोझो सेटमा पाखा लगायो । दोस्रो रोजाईका खेलाडी कोर्टमा उतारेपनि न्यु डायमण्डले खेल २५–१०,२५–११ र २५–२१ को सेटमा जित निकाल्यो ।
एपीएफले पहिलो सेमिफाइनलमा विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेको थियो । एपीएफले पुलिसलाई २७–२५, २५–०९, २२–२५ र २५–२१ को सेटमा पराजित गरेको थियो ।
प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।