काठमाडौं । आयोजक न्यु डायमण्ड एकेडमी दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
घरेलु कोर्टमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पोखराको टप्स मा.बिलाई पराजित गर्दै न्यु डायमण्डले फाइनल यात्रा तय गरेको हो ।
फाइनल पुग्ने क्रममा न्यु डायमण्डले टप्सलाई ३ - ० को सोझो सेटमा पाखा लगायो । दोस्रो रोजाईका खेलाडी कोर्टमा उतारेपनि न्यु डायमण्डले खेल २५-१०,२५-११ र २५-२१ को सेटमा जित निकाल्यो ।
अब न्यु डायमण्डले फाइनलमा सशत्र प्रहरीको एपीएफ क्लबसंग खेल्नेछ । एपीएफले पहिलो सेमिफाइनलमा डर्बी क्लब नेपाल पुलिस क्लबलाई ३ - १ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरिसकेको छ । एपीएफले पुलिसलाई २७-२५, २५-०९,२२-२५ र २५-२१ को सेटमा पराजित गरेको थियो ।
प्रतियोगिता फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।