काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लब दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा डर्बी क्लब नेपाल पुलिस क्लबलाई ३ - १ को सेटमा हराएर एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफले पुलिसलाई २७-२५, २५-०९,२२-२५ र २५-२१ को सेटमा पराजित गर्यो ।
अब एपीएफले फाइनलमा आयोजक न्यु डायमण्ड र पोखराको टप्स मा.बिबिचको विजेतासंग फाइनलमा खेल्नेछ ।
प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।