श्रीलंकाविरुद्धको एक दिवसीय शृंखला बंगलादेशलाई

काठमाडौँ । तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै घरेलु टोली बंगलादेशले अन्तर्राष्ट्रिय एक दिवसीय शृंखला जितेको छ।
सोमबार श्रीलंकाले दिएको २३६ रनको लक्ष्य बंगलादेशले ४०.२ ओरभमा ६ विकेट गुमाउँदै पूरा गर्यो। जितसँगै बंगलादेशले तीन खेलको शृंखला २-१ ले जितेको हो।
यसअघि शृंखलको पहिलो खेलमा बंगलादेश ६ विकेटले विजयी भएको थियो। शृंखलाको दोस्रो खेलमा भने श्रीलंका ३ विकेटले विजयी भएको थियो।
बंगलादेशका लागि तान्जिद हसनले सर्वाधिक ८४ रन बनाए। उनले ८१ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।
राशिद हुसेनले १८ बलमा ५ चौका र ४ छक्कासहित अविजित ४८ बनाए।
मुस्फिकुर रहिमले अविजित ३७ रन बनाउँदा मेहदी हसन मिराज २५, तोविद हृदय २२ र अन्मुल हक १२ रनमा आउट भए।
श्रीलंकाका लाहिरु कुमाराले सर्वाधिक ४ विकेट लिए। वानिन्दु हसरंगाको नाममा २ विकेट रह्यो।
त्यसअघि जाहुर अहमद चौधरी रंगशालामा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको थियो।
श्रीलंकाका जानिथा लियान्गेले अविजित रहँदै १०१ रन बनाए। उनले १०२ बलमा ११ चौका र २ छक्का प्रहार गरे।
चरिथ अस्लंकाले ४६ बलमा ५ चौकासहित ३७ रन बनाउँदा कप्तान कुशल मेन्डिस १९, महेश तिक्क्षणा १५, सदिरा समराविक्रमा १४ र वानिन्दु हसरंगा ११ रनमा आउट भए।
बंगलादेशका तस्किन अहमदले सर्वाधिक ३ विकेट लिए। मुस्ताफिजुर रहमान र मेहदी हसन मिराजले २/२ विकेट लिए। सौम्य सरकार र राशिद हुसेनको नाममा १/१ विकेट रह्यो।










-1765820073676.webp&w=3840&q=75)

-1765813062633.webp&w=3840&q=75)
