काठमाडौं । दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक न्यु डायमण्ड स्पोर्टस क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै पुस अन्तिम साताबाट आयोजना हुने प्रतियोगिता ८ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ । प्रतियोगिता पुस २५ बाट २८ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगिता न्यु डायमण्ड एकेडेमी, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टप्स माबि पोखरा, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन ताइग्रेस र पारामाउन्ट स्कुल रहेका छन् ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा न्यु डायमण्ड र चितवन, समूह 'बी' मा टप्स र पारामाउन्ट, समूह 'सी' मा आर्मी र पुलिस तथा समूह 'डी' मा एपीएफ र जावलाखेल रहेका छन् ।
उद्घाटन खेलमा आयोजक न्यु डायमण्ड र चितवनबीच खेल हुनेछ । त्यसअघि एपीएफ क्लब र जावलाखेलबीच खेल हुनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरु न्यु डायमण्ड एकेडेमीको भलिबल कोर्टमा आयोजना हुनेछ ।
प्रतियोगिताको बिजेताले उपाधि सहित ३ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागि हुने काठमाडौं बाहिरको टिमलाई खान, बस्न र यातायात खर्चको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको लागि नेपाल भलिबल संघले १५ हजार नगद सहयोग गरेको छ । यस्तै संघका महासचिव जितेन्द्र बहादुर चन्दले व्यक्तिगत १० हजार सहयोगको घोषणा गरेको छ ।
खेल तालिका :