काठमाडौं । विभागीय टिम आर्मीले चौथो संस्करणको आरबीबी एनभीए राष्ट्रिय पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । विभागीय डर्बीमा एपीएफलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको फाईनलमा आर्मीले एपीएफलाई ३-२ को सेटमा पराजित गर्यो । पहिलो सेट १८-२५ ले गुमाएपनि दोस्रो र तेस्रो सेट आर्मीले २५-१९, २५-१८ ले जितेको थियो ।
चौथो सेट एपीएफले १८-२५ ले हात पार्दै खेलमा फर्कने कोशिश नगरेको होईन । तर अन्तिम सेटमा १७-१५ को जित निकाल्दै आर्मी च्याम्पियन भएको हो ।
उपाधिसंगै आर्मीले २ लाख हात पा¥यो । एपीएफले १ लाखमा चित्त बुझायो । अर्को खेलमा रुपन्देहीको मणी मुकुन्द क्लबलाई पराजित गर्दै पुलिसले तेस्रो स्थान हात पार्न सफल भयो ।
प्रतियोगितामा आर्मीका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित भए । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितामा तीन विभागीय सहित ८ टिमको सहभागिता रहेको थियो ।