काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमी उपत्यकामा जारी कागेश्वरी मनोहरा यु–१६ टि २० सान क्रिकेट कप २०७२ को उपाधी नजिक पुगेको छ । सेमिफाईनल खेलमा ओएसिसलाई २४ रनले पराजित गर्दै ग्रेट हिमालय उपाधी निकट पुगेको हो ।
किर्तिपूरस्थित क्रिकेट मैदानमा पहिले ब्याटिङ थरेको ग्रेट हिमालयले ९ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो । अमित यादवले ४४ र बिज्ञान गौतमले ३२ रन जोडेका थिए । ओएसिसका अनुप नेपालले सर्वाधिक ४ विकेट लिए ।
१ सय ६ रनको लक्ष्य सहित मैदान प्रवेश गरेको ओएसिस १८ दशमलव ५ ओभरमा ८१ रनमा समेटियो । अनुप नेपालले १४, आशिष भट्टराईले १७ रन र सचिन शर्माले १३ रन जोडे । ग्रेट हिमालयका अभिषेक थापाले सर्वाधिक ३ विकेट लिए ।
४५ बलमा ४४ रन जोडेका अमित यादव म्यान अफ द म्याच घोषित भए । अर्को सेमिफाईनलमा नेक्सस क्रिकेट एकेडेमीले सैनिक आवाशिय बिद्यालयलाई २३ रनले पराजित गर्दै फाईनल यात्रा तय ग¥यो । टस जितेर ब्याटिङ्ग गरेको नेक्ससले २० ओभरमा ६ विकेटको क्षतीमा १ सय ३२ रन बनाएको थियो । नेक्ससका लागि विपिन शाहीले ४७ रन बनाएका थिए ।
१ सय ३३ रनको लक्ष्य सहित मैदान उत्रिएको सैनिक विद्यालय १७ दशमलव १ ओभरमा १ सय ९ रनमा समेटियो । करुण श्रीमलले ३७ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन । नेक्ससका चिराग शाह र सुमन सुन्दरले समान २–२ विकेट लिए । नेक्ससका विपिन शाही म्यान अफ दि म्याच घोषित भए ।
फाईनल खेल भोली बिहान ९ बजे हुनेछ ।