काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुलाई ज्ञापनपत्र बुझाएको छ ।
अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आइतबार संघले मन्त्रालय पुगेर मन्त्री लिम्बुलाई ज्ञापनपत्र बुझाएको हो ।
संघले बुझाएको ज्ञापनपत्रमा विभिन्न ६ बुँदागत माग र सुझाबहरु समेटिएको छ ।
ज्ञापनपत्रमा चीनमा हुन गईरहेको १९ औं एशियाली खेलकुदको समयावधी ४ महिना मात्र बाँकी भएको अवस्थामा समेत खेलाडीहरुको विशेष प्रशिक्षण शुरु भएको छैन यसलाई तत्काल शुरु गरी बाह्रै महिना राष्ट्रिय टिम प्रशिक्षणको संचालन गर्न, देशको लागि अन्तर्राष्ट्रिय पदक जिति किर्तिमान कायम गर्ने खेलाडीहरु राष्ट्रिय खेलकुद परिषद्मा नियुक्ति पाएता पनि लामो समयदेखि वृत्ति विकास हुन नसकेको हुँदा तत्काल वृत्ति विकास एवं करारमा रही कार्यरत त्यस्ता खेलाडीहरुलाई उचित व्यवस्थापन गर्दै स्थायी गर्नुपर्ने लगायतको माग छ ।
राज्यले लगानी गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सफलता प्राप्त गरेका खेलाडीहरुलाई संरक्षण गर्न नसक्दा दिनानुदिन विदेश पलाएन हुनु पर्ने समस्यालाई निराकरण गर्न तत्काल ठोस योजना बनाई त्यस्ता खेलाडीहरुलाई स्वदेशमै रहन सक्ने वातावरण मिलाउन लगायतको माग राखिएको छ ।
खेलाडी संघले बुझाएको ज्ञापनपत्र :