धरान । अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङले फुटबल बाहिरका व्यक्तिगत हस्तक्षेप नेपाली फुटबलको क्यान्सर भन्दा खतरनाक रहेको बताएका छन् ।
कोशी प्रदेश फुटबल संघको प्रथम अधिवेशनमा बोल्दै नेम्वाङले कतिपयको व्यक्तिगत चाहना र फुटबल नेतृत्व प्रति इगो राखेर असफल बनाउने काम भइरहेको बताए ।
उनले प्रत्येक दिन एन्फाविरुद्धका गतिविधिलाई समयमा जवाफ दिने बताए । उनले यसअघिका नेतृत्वले भन्दा ए डिभिजन क्लबलाई तयारी खर्च दिएको बताए ।
पहिलाको नेतृत्वले साढे २२ लाख तयारी खर्च दिएकोमा अहिले ३२ लाख दिएको बताए । उनले अघिल्लो नेतृत्वको ए बी र सी डिभिजन लिगको बक्यौता समेत एएफसी र फिफासँग अनुरोध गरेर ६ महिनामा भुक्तानी गरेको बताए ।
नेम्वाङले खेलाडी पलायन चिन्ताजनक रहेको बताउँदै खेलाडी संघसँग पटक पटक छलफल भएको उल्लेख गरे । १२/ १३ वर्षपछि आफू नेतृत्वको एन्फाले डबल राउन्ड रोबिनमा लिग गरेको बताए । उनले फुटबल विकासमा एनएसएल अघि बढेको बताउँदै एनएसएल जस्तो महिलाको पनि प्रतियोगिता सुरूवात हुने उल्लेख गरे ।
वर्तमान एन्फा नेतृत्व एएफसी र फिफाको भरमा बस्नुहुदैन आन्तरिक स्रोत सोच्नुर्ने बताए । उनी आफ्नो गृह प्रदेश भएकाले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे ।
उनले चुनाव पछि फोटो देखिए आफू दुखी हुने बताउँदै चुनावमा स्वस्थ प्रतिस्पर्धा कामना गरे ।