काठमाडौं । पोखरामा जारी चौथो संस्करणको आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा एपीएफले साविकको विजेता आर्मीलाई ३ – २ को संघर्षपूर्ण सेटमा पराजित गरेको हो । एपीएफले आर्मीलाई २५-२१, १८-२५, २५-२१, २०-२५ र १५-११ को सेटमा पाखा लगायो ।
जितसंगै एपीएफले ३ खेलबाट ९ अंक जोडेको छ । आर्मीको ३ खेलबाट ६ अंक छ ।
अर्को खेलमा नेपाल पुलिस क्लबलाई हेल्प नेपालले पराजित गरेको छ । हेल्पले पुलिसमाथि २१-२५, २०-२५, ३१-२९, २५-१९ र १५-८ को सेटमा जित निकाल्यो ।
यस्तै मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले ढोरपाटन स्पोर्टस क्लबलाई पराजित गरेको छ । मणिमुकुन्दले ढोरपाटनलाई २५-२३, २५-२० र २५-१६ को सेटमा पराजित गरेको हो।