काठमाडौं । संयुक्त अरव ईमिरेट्स (यूएई)मा भएको सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिताको उपाधि आयोजक कास्की रेडले जितेको छ ।
कास्की आर्दश सेवा समाजले आयोजना गरेको प्रतियोगिताको फाईनलमा आर्दश रेडले तमु प्हेलु संघ लाई २५–२२ र २५–१६ को सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधिमा कब्जा जमाएको हो ।
उपाधिसंगै उसले ३ हजार दिराम प्राप्त ग¥यो । उपबिजेताले नगद २ हजार दिरामका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो ।
१६ टिमको सहभागिता रहेको सो प्रतियोगितामा कास्की रेडका डायमण्ड बस्नेत उत्कृष्ट खेलाडी घोषित भए । ब्रोगान गु्रप अफ कम्पनीले वेष्ट टिमको उपाधी पाउन सफल रह्यो । फाइनल खेलमा कास्की रेडका बोम थापाले म्यान अफ दि म्याच भए ।
सेमिफाइनलमा कास्की रेडले ब्रोगानलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । तमु प्हेलु संघले मोना यूएईलाई सेमिफाइनलमा पाखा लगाएको थियो ।