काठमाडौं । नेपालका तीन जना खेलाडीले डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
डब्लुबीसी मोइ थाई नेपालले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै च्याम्पियनसिपमा नेपालका तीन खेलाडी सहभागी हुने जनाएको छ ।
थाइल्याण्डमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका गेन्जी राई (३१ केजी), लाल बहादुर तामाङ (५३ केजी) र डिग विजय सिंह राठोर (६३ केजी) ले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिप फेब्रुअरी २ देखि ६ सम्म आयोजना हुनेछ ।
नेपाली टोलीको अफिसियलमा राजु राई र पुरण रोकाया थाइल्याण्ड जाने छन् ।
च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई केटिएम सिटीले पोशाक प्रायोजन गरेको छ । यस्तै बुढानिलकण्ठ नगरपालिका र सेभेन समिट ट्रेकले सहयोग गरेको छ ।
नेपाली टोलीलाई डब्लुबीसी मोइ थाई नेपालले सोमबार बिदाइ गरेको छ ।