काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई शुक्रबार वर्ष खेलाडीको रुपमा सम्मान गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार सम्पन्न एक कार्यक्रमकाबीच रुचाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षंपतीले सम्मान गरे । रुचालले नगद ५० हजारसहित सम्मानपत्र प्राप्त गरे ।
रुचालले आठौं इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए भने नोभेम्बरमा थाइल्यान्डमा सम्पन्न प्रो फाइटमा च्याम्पियन बनेका थिए । त्यस्तै रुचाल थाइल्यान्डमै सम्पन्न वल्र्ड मुवाँथाई च्याम्पियनसिपमा कास्य पदक जित्न सफल भएक थिए ।
संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता खेलाडलाई पनि सम्मान ग¥यो । जेनिका राई नगद १० हजारबाट सम्मानित हुँदा मुकेश लुइटेड नगद ५ हजारबाट सम्मानित भए । जेनिकाले नोभेम्बरमा सम्पन्न १७औं वल्र्ड च्याम्पियनसिपमा कास्य पदक जितेकी थिएन । मुकेशले भुटानमा सम्पन्न साग किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।
त्यस्तै संघले गोकर्णेश्वर मुवाँथाई कमिटी र सुनसरी जिल्ला मुवाँथाइ संघलाई पनि सम्मान गरेको छ ।