काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता योजनाले देश चिनाउन महत्त्वपूर्ण योगदान रहने बताएका छन् ।
एसिया रग्बी यू-१८ सेभेन्स च्याम्पियनसिपको उदघाटन गर्दै दाहालले सो कुरा बताएका हुन्। दाहालले आफु पूर्व खेलाडी भएको कारण सबै खेल प्रति विशेष रहेको बताए ।
दाहालले एसिया रग्बीले खेलका लागि नेपाललाई अवसर दिएपछि रग्बी खेल विकासमा गति लिने बताए ।
दाहालले खेलकुद देश र जनतालाई जोड्ने माध्यम मात्र नभएर विश्वमा बन्धुत्व कायम गर्ने कडी समेत रहेको बताए । दाहालले राष्ट्रिय खेलकुदमा रग्बी समावेश भएकै कारण अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन सकेको बताए ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराले नेपाल खेलकुद सम्भाव्यता भएको मुलुक रहेको बताए । उनले नेपालको तराई देखि हिमालसम्म भौगोलिक विविधता रहेकाले सबै प्रकारका खेलका लागि उपयुक्त रहेको धारणा राखे ।
खेलकुद पुर्वाधार निर्माणमा सरकारको चासो रहेको बताउदै उनले भक्तपुरको चागुनारायणमा रग्बी मैदान निर्माणको क्रममा रहेको बताए ।