काठमाडौं । नेपाल भलिबल संघका पदाधिकारीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग मंगलबार भेटवार्ता गरेका छन् ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, महासचिव रोशन श्रेष्ठसहितको टोली खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटमा प्रचण्डले नेपालमा भलिबल खेलको विकासका लागि सहयोग गर्ने प्रतिबद्दता जनाएको संघले जनाएको छ ।
प्रचण्डले अन्तराष्ट्रिय स्तरको भलिबल कभर्डहल निर्माणका लागो जोड दिदै आफुले त्यस आयोजनामा सक्दो सहयोग गर्ने बाचा गरेको भलिबल संघले जनाएको छ ।
भलिबल नेपालको राष्ट्रिय खेल हो । तर, राज्यले प्राथमिकता नदिदा भलिबलले उलेख्य प्रगति गर्न सकिरहेको छैन ।